नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, कुवेतसँगको सेमिफाइनल बिना नतिजा रद्द

डिसी नेपाल
१६ वैशाख २०८० १६:४९
6.5k
Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत आज किर्तिपुरमा भइरहेको पहिलो सेमिफाइनल खेल बिना नतिजा रद्द भएको छ । आज वर्षाका कारण खेल हुन नसकेपछि खेल रद्द भएको छ ।

खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । सेमिफाइनलका लागि कुनै रिजर्भ दिन नराखिएको हुँदा आज खेल रद्द भएपछि यो खेल फेरि खेल्न मिल्दैन । खेल नहुने भएपछि समूह चरणमा अंक तालिकामा माथि रहेका कारण नेपाल स्वतः फाइनलमा पुगेको हो ।

यसअघि नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा घटाइएको खेलमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियोे ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । तर, उनी शतकबाट भने चुके । कुशल मल्लले ५७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९ र सोमपाल कामीले १३ रन बनाए ।

कुवेतका लागि मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३–३ विकेट दिए । यासिन पटेल र सायद मुनिबले पनि समान १–१ विकेट लिए ।

दोस्रो इनिङमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा पानी परेपछि खेल रद्द भएको हो । खेल रद्द हुँदासम्म नेपालका लागि करण केसीले ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका थिए । कुवेतका लागि कप्तान मोहम्मद असलमले १४ रन बाहेक अरु कसैले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.