त्रिवि मैदानमा पानी परेपछि नेपाल-कुवेतको सेमिफाइनल खेल फेरि रोकियो

डिसी नेपाल
१६ वैशाख २०८० १६:२८
2.2k
Shares

काठमाडौं। पानी परेपछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल रोकिन पुगेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो।

नेपालले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याईरहेको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको बखतमा वर्षाका कारण पुनः रोकिन पुगेको हो।

नेपालका करण केसीले ५ विकेट तथा सोमपाल कामीले एक विकेट लिईसकेका थिए। खेल सुुरु हुने वा नहुने अझै टुंगो छैन।

खेल सुरु नभएको खण्डमा नेपाल स्वतः बिजयी हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.