एसीसी प्रिमियम कप फाइनलः बर्षाले खेल रद्द भए नेपाल बिजेता हुनसक्ने!

डिसी नेपाल
१८ वैशाख २०८० ७:००
7.0k
Shares

काठमाडौं। एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै बर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः बिजेता हुनेछ।

जल तथा मौसम बिभागका अनुसार सोमवार पनि बर्षा हुने सम्भावना रहेको छ। यदि सोमबार पनि बर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल खेलाइने छ।

मंगलबार पनि नेपाल-संयुक्त अरब इमिरेट (युएई)का बीच खेल हुन नसकी रद्द भएको खण्डमा सुपरओभरमा जानेछ। जसअनुसार दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुने गरी नतिजा निकालिनेछ।

तर, वर्षाको कारण सुपरओभर पनि हुनसक्ने अवस्था नभएको खण्डमा आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेको टोली एसिया कपमा स्वतः पुग्नेछ। जसअनुसार आइसिसीको एकदिवसीय वरियतामा १४ स्थानमा रहेको नेपाल १४ औं र १९ औं स्थानमा रहेको युएईलाई पराजितत गर्दै फाइनल बिजेता टोली बन्नेछ।

जसले एसिया कपका भारत र पाकिस्तानसँग खेल खेल्न पाउने छ।

कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र युएईबीच आज फाइनल खेल हुन लागेको हो। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। शनिबार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो। सो खेल रद्द भए पछि समूह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.