लोरिएन्टसँग घरेलु मैदानमा पिएसजीको हार

डिसी नेपाल
१८ वैशाख २०८० ७:३७
104
Shares

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमा लोरिएन्टसँग ३-१ ले पराजित भएको हो।

पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लिएको थियो। तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याई दिए।

डारलाइन योङ्वाले ३९औं मिनेटमा थप गोल गरे पछि लोरिएन्ट पहिला हाफमा २-१ को अग्रता लिन सफल भयो। डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै २० औं मैदानबाट बाहिरिनु परेको थियो। जसकाकारण पनि लोरियन्टसँग पिएसजीले १० खेलाडीमा सिमित भएर खेल खेल्नु परेको थियो।

उता, खेल सकिन केही समय बाँकी रहँदा ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दै लोरिएन्टले ३–१ को अन्तर कायम गर्न सफल भयो। त्यसपछि कतैबाट पनि गोल हुन सकेन। र, घरेलु मैदानमा पिएसजी ३-१ ले पराजित हुन पुग्यो।

यस खेलमा पराजय भए पनि पिएसजी ३३ खेलबाट ७५ अंकसहित शिर्षस्थानमा छ भने लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित १०औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.