एसीसी प्रिमियर कप फाइनलः नेपाललाई दाेस्राे सफलता
काठमाडाैं। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले युएईको दोस्रो विकेट लिएको छ।
करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका छन्। युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको छ। धेरै रन बनाउने खेलाडी समेत रहेका वृत्य ९ बलमा ८ रन बनाएर आउट भए।
पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment