नेपाल र युएइबीचको खेल आज नहुने, भोलि आजकै स्थितिबाट सुरु हुने

डिसी नेपाल
१८ वैशाख २०८० १६:११
1.7k
Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको आजको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । आज वर्षा रोकिएर खेल हुने स्थिति नभएपछि खेल स्थगित गरिएको हो । अब भोलि आजकै अवस्थाबाट खेलले निरन्तरता पाउनेछ ।

एसीसी प्रिमियर कपको लागि भोलि मंगलबार रिजर्भ डे राखिएको छ । रिजर्भ डे भनेको खेलको लागि तय गरिएको दिनमा कारणवश खेल हुन नसके वा अवरुद्ध भए त्यो खेललाई जारी राख्नको लागि छुट्याइएको वैकल्पिक दिन हो । आइसीसीले मे २०२१ देखि लागू गरेको नियममा रिजर्भ डेलाई खेलको पुनः सुरुवात नभइ खेलको निरन्तरता भनेर व्याख्या गरेको छ । त्यसैले भोलि यही अवस्थाबाट खेल अगाडि बढ्नेछ ।

अहिलेसम्म युएइले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ । आज ओभर घटाइएको छैन । त्यसैले भोलि नियमित समयमै खेल सुरु हुन सक्ने अवस्था रहेमा ओभर घटाइने छैन । तर, भोलि पूरा खेल हुन नसक्ने अवस्था भएमा युएइले कम्तीमा २० ओभर बलिङ गर्न पाउने गरी ओभर घटाउन र डकवर्थ लुइस विधिबाट नतिजा निकाल्न सकिनेछ ।

तर, दुवै टिमले कम्तीमा २० ओभर बलिङ गर्न पाएनन् भने त्यस्तो अवस्थामा समूह चरणमा माथि रहेको टिम विजेता हुनेछ । यस्तोमा समूह चरणमा नेपालको सबैभन्दा बढी ७ अंक भएको र युएइको ६ अंक भएको आधारमा नेपाल विजेता घोषित हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.