उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै

डिसी नेपाल
१९ वैशाख २०८० ८:४४
136
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन्।

गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्।

संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन्।

सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.