मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो ।
बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो ।
प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाए पछि सभामुख तुलाराम घर्तीले आधा घन्टाका लागि स्थगित गरेका हुन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment