संसदको बजेट अधिवेशन वैशाख २४ गतेदेखि

डिसी नेपाल
२० वैशाख २०८० १७:३१
136
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा आह्वान गरेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरेका छन्।

अत्यन्त जरुरी सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछु ।’

पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.