हिमालयन शेर्पा र चर्च ब्वाइजकाे जित

डिसी नेपाल
२० वैशाख २०८० १७:४६
148
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । बुधबार ललितपुरस्थीत च्यासल मैदानमा हिमालयनले सातदोबाटोलाई १–० गोल अन्तरले हराएको हो ।

हिमालयनको जितमा खामिर गिल्सनले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै हिमालयनले १४ खेलमा १७ अंक जोडेको छ । सातदोबाटोको १४ खेलमा २२ अंक रहेको छ ।

त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईले एक एक गोल गरे ।

फ्रेन्ड्सका बेन क्वान्साले एक गोल गरे । खेलको १४ औं मिनेट बेनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८७ औं मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अंक जोडेको छ । फ्रेन्ड्सले १४ खेलमा १५ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.