नवनियुक्त मन्त्रीको शपथ आज दिउँसाे तीन बजे
काठमाडौं। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ। नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्।
उनीहरु तीनै जना नेपाली काँग्रेसको तर्फबाट सरकारमा सहभागी भएका हुन्। नवनियुक्त मन्त्रीकाे शपथ आज दिउँसाे तीन बजे हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ। तीन जनामध्ये स्वास्थ्यमन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसकेका छन् भने काँग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री बनेका हुन्।
गत पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।







डिसी नेपाल








Facebook Comment