नक्कली भुटानी शरणार्थी प्रकरणमा बिष्णु रिमालको टिप्पणीः कानुन भन्दामाथि कोही हुदैनन्
काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिमालले भुटानी शरणार्थी मुद्धाका दोषीहरुले उन्मुक्ति पाउन नहुने नहुने बताएका छन ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भईरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।
‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ।यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment