शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै
काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा भिड्ने छन् भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन्।
एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। सो खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ। शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सिमित रहेको छ।
यसैगरी, दशरथ रंगशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन्। निरन्तर वर्षाको कारण च्यासल मैदान खराब भए पछि उक्त खेल रंगशालमा हुन लागेको हो।
पुलिसले १४ खेलबाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पाले १४ खेलबाट १७ अंकसहित दशौँ स्थानमा छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment