शीर्ष स्थानको जावलाखेललाई खुमलटारले हरायो

डिसी नेपाल
२२ वैशाख २०८० १७:५२
472
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले पराजित गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले जावलाखेललाई ४–२ गोल अन्तरले हराएको हो । खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो ।

जावलाखेलका विनोद केसीले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे । खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा रह्यो । पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए । ५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३–१ ले अघि रह्यो ।

इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित दिलाए । खुमलटारको यो पाँचौं जित हो । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । जावलाखेलको १५ खेलमा २४ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.