भ्रातृ संगठन र विभागहरुलाई आगामी केन्द्रीय कार्य समिति बैठकले पूर्णता दिने कांग्रेसको निर्णय

डिसी नेपाल
२२ वैशाख २०८० १९:२२
88
Shares

काठमाडौं। नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ।

पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र बैंशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

भ्रातृ संगठन र पार्टीका विभागहरुलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताए। महतले भातृसंगठनहरुको आकार केहि बढ्न सक्ने उल्लेख गरे।

उनले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारवाही गर्नका लागि कांग्रेसले सघाउने बताए।

अर्थमन्त्री समेत रहेका महतले अपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानूनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पारे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.