भोलिदेखि बजेट अधिवेशन सुरु हुने
काठमाडौं। संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि (आइतबार) देखि सुरु हुँदैछ।
पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment