लखनउका कप्तान केएल राहुल आईपीएलबाट बाहिरिए
काठमाडौं । लखनऊ सुपर जाइन्ट्सका कप्तान केएल राहुल आरसीबीविरुद्धको खेलमा घाइते भएपछि आईपीएलबाट बाहिर भएका छन् ।
लखनउ सुपर जायन्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि परीक्षण र स्क्यानले उनी घाइते भएको र शल्यक्रिया गर्नुपर्ने पुष्टि भएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी यस कठिन समयमा केएल राहुललाई सबै सम्भव सहयोग प्रदान गर्न जारी राख्नेछौं। उनको उत्तम उपचारको लागि सबै सम्भावित उपायहरू सुनिश्चित गर्नेछौं। यद्यपि, उनको चोटलाई हेर्दा, यो स्पष्ट छ कि उसलाई निको हुन लामो समय लाग्नेछ। र यसको मतलब उनी यो आईपीएल सिजनबाट बाहिर हुनेछन्। हामी उनलाई मिस गर्नेछौं। आशा छ कि उनी छिट्टै निको हुनेछन्।
इन्स्टाग्राममा एक पोस्टमा केएल राहुलले भने कि मेडिकल टोलीले उनलाई शल्यक्रियाको लागि सल्लाह दिएको छ र अब उनको पूर्ण ध्यान रिकभरीमा हुनेछ।
उनले लेखेका छन्, ‘टिमको कप्तानको हैसियतले म निर्णायक समयमा टिमसँग नहुनेमा दुःखी छु । तर म विश्वस्त छु कि यी खेलाडीहरूले सधैं झैं राम्रो खेल्नेछन् र आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन्।
उनी अर्को महिना इंग्ल्याण्डमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि सहभागी नहुने भएका छन् । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले अष्ट्रेलियाको सामना गर्नेछ ।
आफूलाई समर्थन गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिँदै उनले भने, ‘चोटबाट निको हुन कहिल्यै सजिलो थिएन तर म आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु। ,







डिसी नेपाल








Facebook Comment