बाबर आजम एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बने

डिसी नेपाल
२३ वैशाख २०८० १०:२१
1.2k
Shares

काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान बाबर आजम एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् ।

पाकिस्तानका यी ब्याट्सम्यानले न्युजिल्यान्डविरुद्ध कराँचीमा भएको खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

आजमले यो खेलमा १९ रन बनाएर यो कीर्तिमान बनाएका हुन् ।

२८ वर्षीय आजमले दक्षिण अफ्रिकी खेलाडी हासिम अमलाको कीर्तिमान तोडेका छन् । अमलाले १०४ खेलमा यो कीर्तिमान बनाएका थिए ।

आजम एकदिवसीय क्रिकेटमा ५ हजार रन बनाउने १४ औं पाकिस्तानी खेलाडी हुन् । पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हक ११ हजार ७०१ रन बनाएर शीर्ष स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.