सहिद स्मारक लिगमा तीन खेल हुदैँ, दुईवटा रंगशालामा र एउटा च्यासलमा

डिसी नेपाल
२३ वैशाख २०८० ११:१०
580
Shares

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

आज हुने तीन खेल मध्ष दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी बिच पहिलो खेल हुनेछ । सो खेल अपरान्ह दिउँसो ३ बजे सुरु हुनेछ ।

यसैगरी, सोही रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेल हुनेछ । जसमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, च्यासल मैदान, ललितपुरमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटी एक आपसमा आमुने सामुने हुनेछन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.