नेपालीलाई भुटानी शरणार्थीका रुपमा बेच्नेले माओवादीप्रति निरन्तर प्रहार गरेः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरु र भूटानी शरणार्थीहरुका रुपमा नेपालीहरुलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताए । उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफु कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे।
उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चूनौति निकै ठूलो रहेको धारणा राखे। लामो समय देखिएको गलत कार्यशैलि र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए। प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धी र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरुको अधिकारसंग जोडिएको बिषय भएकाले समय तोकेर नै केहि समयभित्रै समधान गर्ने प्रयास गर्ने पनि बताए। माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी क्रान्ति पुरै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले बिशेषाधिकारको लडाई जारी रहेको र संविधान संशोधन गरेर दलित लगाएत पछि परेकाहरुको अधिकार स्थापीत गर्न आफू लागि परेको बताए।
प्रधानमन्त्री प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कव्जा गर्ने उल्लेख गर्नुभयो ।







डिसी नेपाल








Facebook Comment