सरकारले विश्वासको मत पाउने महराको दाबी

डिसी नेपाल
२३ वैशाख २०८० १६:२१
572
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकारले विश्वासको मत पाउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताएका हुन ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि सामान्यतया विश्वासको मत लिनु पर्छ,’ माओवाद नेता महराले भने, ‘त्यसकारण स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको छ । सरकार यथावत रहन्छ, विश्वासको मत कायमै रहन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.