मनाङ र सातदोबाटाले अंक बाँडे, चर्च ब्वाइज शीर्ष स्थानमा उक्लियो

डिसी नेपाल
२३ वैशाख २०८० १८:०५
368
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले सातदोबाटो युथ क्लबसंग बराबरी खेलेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक खेल दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ ।

त्यस्तै शनिबार नै भएको खेलमा न्युरोड टिम एनआरटीलाइ पराजित गर्दै चर्च ब्वाइज युनाईटेड शीर्ष स्थान उक्लिएको छ । च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे ।

सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए । जितसंगै चर्च ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ । एनआरटीको १५ खेलमा १७ अंक रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.