रियल म्याड्रिड ९ बर्ष पछि कोपा डेल रेको च्याम्पियन

डिसी नेपाल
२४ वैशाख २०८० ७:५३
828
Shares

काठमाडौं। रियल म्याडिड्र स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ।

ओसासुनालाई २-१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो। सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्यतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो।

खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए। यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो। कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो। र, पहिलो हाफको खेल १-० मा नै टुंगिन पुगेको थियो।

दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १-१ गोलको बराबरी बनाए। तर, ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए, सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्यत पुग्यो।

रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.