शहिद स्मारक लिग : आज दुई खेल हुँदै

डिसी नेपाल
२४ वैशाख २०८० ९:०३
688
Shares

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

छैटौँ  जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलबाट १९ अंक जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौ जितका लागि मैदानमा उत्रदैँछ।

यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ।

पाँचौं जित निकाल्ने उदेश्यसहित मैदानमा उत्रन लागेको संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा छ भने समान १४ खेलवाट २० अंक जोडेको आर्मी छैटौँ स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.