आज आइपीएलमा बन्दैछ अनौठो संयोग, आजसम्म खेलिएको छैन यस्तो खेल

डिसी नेपाल
२४ वैशाख २०८० १४:३३
38.8k
Shares

काठमाडौं । आज इन्डियन प्रिमियर लिगमा यस्तो खेल हुन गइरहेको छ, जुन प्रतियोगिताको इतिहासमा अहिलेसम्म भएको छैन। आज अनौठो संयोग बन्दैछ । वास्तवमा, आईपीएल २०२३ सिजनमा आज डबल हेडर खेलिनेछ। यसको पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३:४५ बजेबाट हुनेछ । यो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स टोली आमनेसामने हुनेछन् ।

यो खेलमा एउटा अनौठो संयोग यो हुनेछ कि दुवै टोलीका कप्तानहरू साख्खै दाजुभाइ हुन् । गुजरातको कमान हार्दिक पाण्ड्याको हातमा छ । लखनउको टिमको कप्तानी क्रुणाल पाण्ड्याले गरिरहेका छन् । यसरी, यो आईपीएल इतिहासमा पहिलो यस्तो खेल हुनेछ, जसमा दुई साख्कै दाजुभाइहरू कप्तानको रूपमा भिड्दैछन्।

वास्तवमा, २०२२ सिजनबाट दुई नयाँ टोली आईपीएलमा प्रवेश गरेका थिए। यी टोलीहरू गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट्स हुन्। पहिलो सिजनमा हार्दिक पाण्ड्यालाई गुजरात टिमको कप्तान बनाइएको थियो । त्यसपछि फास्ट बलिङ अलराउन्डर हार्दिकले आफ्नो कप्तानीमा पहिलो सिजनमा गुजरातलाई च्याम्पियन बनाएका थिए।

हार्दिकलाई गुजरात फ्रेन्चाइजीले १५ करोड भारुमा अनुबन्ध गरेको थियो । तर स्पिन अलराउन्डर क्रुणाल पाण्ड्यालाई लखनउको टोलीले ८.२५ करोडमा किनेको थियो । योसँगै कृणाललाई टोलीको उपकप्तान बनाइएको थियो । टोलीको कमाण्ड केएल राहुललाई सुम्पिएको थियो ।

अब यो सिजन गुजरात र लखनउको दोस्रो सिजन हो। यस सिजनको एक खेलमा लखनउ टोलीका कप्तान केएल राहुल घाइते भएका थिए र प्रतियोगिताबाट बाहिरिएका थिए । यस्तो अवस्थामा लखनउको टोलीको कप्तानी क्रुणालको हातमा आएको छ ।

यसरी हार्दिक र क्रुणालको जोडी आईपीएल इतिहासमा कप्तान हुने पहिलो दाजुभाइको जोडी बनेको छ । क्रुणालले आफ्नो १०८ औं आईपीएल खेलमा पहिलो पटक कप्तानी पाएका छन् । जबकि हार्दिकले आफ्नो ९२औं खेलमा कप्तानी पाएका थिए । २०२२ सिजन अघि हार्दिक र कृणाल मुम्बई इन्डियन्सबाट खेल्थे । मुम्बईबाट छुट्टिएपछि दुवै दाजुभाइको भाग्य फेरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.