एसिया कपमा पाकिस्तान नखेल्न सक्ने, उसको ठाउँमा युएइ आउन सक्ने

डिसी नेपाल
२५ वैशाख २०८० १०:४५
75.3k
Shares

काठमाडौं । एसिया कपको मुखमा भारत र पाकिस्तानबीच भएको विवादका कारण अब एसिया कपमा पाकिस्तान नखेल्ने खतरा बढेको छ । यदि एसिया कपमा पाकिस्तान नखेल्ने अवस्था आएको पाकिस्तानलाई युएइले प्रतिस्थापन गर्न सक्ने बताइएको छ । युएइ एसिया कपको छनोट खेल एसीसी प्रिमियर कपको उपविजेता हो ।

पाकिस्तानको जियो टिभीले स्रोतलाई उद्धृत गर्दै दावी गरेअनुसार एसिया कप खेल्ने २ बलिया देशहरु श्रीलंका र बंगलादेशले एसिया कप पाकिस्तानबाट बाहिर सार्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई समर्थन गरेका छन् । उनीहरु एसिया कप पाकिस्तानबाट बाहिर सार्ने मात्र नभइ पाकिस्तानबाट सारिएपछि यो प्रतियोगिता आफ्नै देशमा गराउन समेत इच्छुक छन् ।

बीसीसीआइले पहिले नै एसिया कप खेल्न आफ्नो टिम पाकिस्तान पठाउन अस्वीकार गर्दै यो प्रतियोगिता तटस्थ स्थानमा सार्न माग गर्दै आएको छ । तर, पाकिस्तान यो प्रतियोगिता आफ्नो देशबाट बाहिर सार्ने पक्षमा छैन । बरु पाकिस्तानले भारतलाई मात्र आफ्नो खेल तटस्थ स्थानमा खेल्न दिने गरी हाइब्रिड मोडलको प्रस्ताव गरेको छ ।

यस्तोमा यदि पाकिस्तानले एसिया कप खेल्न अस्वीकार गरेमा उसको ठाउँमा युनाइटेड अरब इमिरेट्सलाई खेलाउने भन्ने विषयमा पनि एसीसीले सोच्न सक्ने रिपोर्टमा दावी गरिएको छ । एसीसीका अध्यक्ष जय शाह हुन् । शाह भारतका केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुन् र उनी बीसीसीआइका सचिव पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.