फ्रेन्ड्स क्लबले खुमलटारलाई हरायो, मनाङ र पुलिसले अंक बाँडे

डिसी नेपाल
२५ वैशाख २०८० १८:००
768
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जीत निकालेको छ ।

सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गरे भने सन्तोष खत्रीले ७८ औं मिनेटमा गोल गरे । खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए । फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा रहेको छ भने खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

त्यस्तै सोमबार नै एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका छन् । मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए । पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए । मनाङ १६ खेलबाट २० अंक सहित सातौ स्थानमा छ । पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.