शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै
काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीनवटा खेल हुँदैछन्। आज हुने तीनवटा खेलमध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ।
जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिमबीच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुरु गरिने छ। रंगशालामा नै हुने अर्को खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ। जुन खेलमा जावालाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिच प्रतिस्पर्धा हुनेछ।
च्यासल खेल मैदानमा भने संकटा क्लब र सातदोबाटो युथ क्लब आमुने सामुने हुनेछन्। जुन खेल दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment