एमालेले नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा सघाउने, रायमाझीलाई तत्काल कारबाही नगर्ने
काठमाडौं। नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारवाही गर्न हतार नगर्ने समेत जनाएको छ। बैठकले बैंशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि बिभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्र, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, मिसन ग्रासरुटको प्रतिवेदन पेश लगाएतका एजेण्डामाथि छलफल हुने गुरुङले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment