नक्कली शरणार्थी प्रकरणलाई कमजोर बनाउन खोजे राज्य बिरुद्धको गद्दारीः भीम रावल
काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धालाई कमजोर बनाउन खोजे राज्य बिरुद्धको गद्दारी ठहरिने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै रावलले नक्कली भूटानी शरणार्थी प्रकरण २००७ साल यताकै देश र जनताको विरुद्धको सवै भन्दा ठूलो प्रकरण भएको भन्दै मुद्धालाई कमजोर बनाउन खोजे राज्य बिरुद्धको गद्दारी ठहरिने बताएका हुन्।
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सवैलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा राखे। नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचविखन र राज्यबिरुद्धको अपराध भएको उनको भनाइ छ।
उनले बिगत पनि देशमा भएका भ्रष्टाचारका ठूला काण्डहरु दबाउने काम भएको भन्दै अहिले पनि नक्कली भूटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने आशंका जनतामा रहेको बताए। रावलले उक्त प्रकरणमा फरार टोप बहादुर रायमाझीलाई खोज्ने काम राज्यको भएको जिकिर गरे।
उनले अनुसन्धान गर्ने प्रहरीलाई बल पुग्ने गरि नागरिक लगाएत सवैले साथ दिनुपर्ने बताए।







डिसी नेपाल








Facebook Comment