नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित
काठमाडाैं। नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो।
एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानूनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ। सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत्रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो।’
मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो।








डिसी नेपाल








Facebook Comment