खेल्दै नखेली विश्वकपमा छनोट भयो दक्षिण अफ्रिका

डिसी नेपाल
२७ वैशाख २०८० १७:०५
8.1k
Shares

काठमाडौं । यो वर्ष आईसीसी एकदिवसीय विश्वकप भारतमा हुने भएको छ । आठ टोली विश्वकपका लागि छनोट भएका छन् ।

दक्षिण अफ्रिका बुधबार खेल्दै नखेली विश्वकपका लागि छनोट भएको छ ।

छनोट भएका टोलीमा भारत, न्यूजिल्याण्ड, इंग्ल्याण्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् ।

दक्षिण अफ्रिकी टोलीले कुल २१ खेलमध्ये ९ खेल मात्र जितेको छ । यस्तो अवस्थामा विश्वकपको प्रत्यक्ष छनोटको दौडबाट बाहिरिने खतरा थियो ।

तर, दक्षिण अफ्रिका खेल्दै नखेली छनोट भएको छ ।

वास्तवमा, आयरल्याण्ड र बंगलादेशबीच तीन खेलको एकदिवसीय शृंखला चलिरहेको छ। आयरल्याण्डको टोलीले बंगलादेशलाई ३–० ले हराएको भए विश्वकपमा छनोट हुने थियो ।

तर सिरिजको पहिलो खेल रद्द भयो र यसरी दक्षिण अफ्रिका सीधै विश्वकपका लागि छनोट भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.