एपीएफ र चर्च ब्वाइजको जित

डिसी नेपाल
२७ वैशाख २०८० १८:१२
496
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे । त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

त्यस्तै बुधबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा फर्किएको छ । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । चर्च ब्वाइज ३० अंक सहित शिर्ष स्थानमा छ भने थ्री स्टारको २५ सहित तालिकाको चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.