कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्न सक्ने

डिसी नेपाल
२८ वैशाख २०८० ६:३१
452
Shares

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।

बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन। आजको बैठकमा खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने नगर्ने विषयमा छलफल हुनेछ।

बुधबार बसेको बैठकमा पनि गम्भीर अभियोग लागेका कारण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको थियो। तर प्रहरी अनुन्धान परिपक्व हुनुपर्ने भन्दै सो विषयमा निर्णय आज बस्ने बैठकले दिने बताइएको छ।

केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बुधबार निवासबाटै पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ। खाँण पक्राउ परेलगत्तै उनकी श्रीमती मञ्जु खाँण भने सम्पर्कविहीन भएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.