एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक
काठमाडौं। इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो।
बुधबार राति मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २-० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए।
पहिलो हाफमा नै २-० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन। दुवैतर्फबाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर बिजयी भयो। यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ।







डिसी नेपाल








Facebook Comment