आजबाट सरकारी वकिलले पूर्व गृहमन्त्री खाँणसँग बिषय केन्द्रित बयान लिने

डिसी नेपाल
२८ वैशाख २०८० ७:१७
128
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो।

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो? अदालत किन जानु भएको हो? अदालतले के के निर्णय दियो? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुकाे कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो? भन्ने बिषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने।

उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ।

बुधवार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिइसकेको छ। अदालतले दिएको समयसिमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाँणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ। हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफनो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.