पदाधिकारी बैठक बस्नु अघि देउवाले किन भेटे प्रधानमन्त्री प्रचण्डलाई?

डिसी नेपाल
२८ वैशाख २०८० १४:१२
612
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र  सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेका थिए। एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।

यी घटनाक्रमका बीच कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बुधबार बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.