फ्रेन्ड्स क्लबलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुन शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार च्यासल फुटबल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल पुन शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १÷१ गोल गरे । फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए ।
जितसँगै जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ । समान अंक रहेको चर्च ब्वाईजलाई पछि पार्दै हेड टु हेड नतिजाको आधारमा जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । पराजित फ्रेन्ड्स १६ खेलमा १९ अंक सहित तालिकाको एघारौं स्थानमा छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment