संविधानसभा सदस्य बस्नेतको निधन

डिसी नेपाल
२९ वैशाख २०८० ८:४७
768
Shares

काठमाडौं। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ।

नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए।

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए।

काग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन्। बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.