रवि लामिछानेसँग प्रधानमन्त्रीले भने- भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु

डिसी नेपाल
२९ वैशाख २०८० १०:४६
1.2k
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिएका छन् ।

भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएको बालुवाटार स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.