गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिमण्डल विस्तार, ४ बजे शपथ
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले शुक्रबार कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट थप चारजना मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसबाट महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादु्र थापा मन्त्री नियुक्त भएका छन् भने माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त भएका छन् ।
यस्तै एकीकृत समाजवादीबाट स्वतन्त्र सांसद रहेका दिपक मनाङे गण्डकी सरकारको मन्त्री नियुक्त भएका छन् । मन्त्रालयको शपथ ग्रहण पछि टुंगो लाग्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
यस अघि बैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले माओवादीबाट शुशिला सिम्खडा र कांग्रेसबाट सरस्वति अर्याललाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
यो सँगै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् सात सदस्यीय हुने भएको छ । नवनियुक्त मन्त्रीहरुलाई बेलुका ४ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउने कार्यक्रम रहेको छ ।







डिसी नेपाल








Facebook Comment