एमालेले पार्टीलाई पहिलो शक्ति बनाउने गरि बार्षिक कार्यक्रम बनाएर अघि बढ्ने

डिसी नेपाल
२९ वैशाख २०८० १६:४३
744
Shares

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको दोश्रो दिन सवै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरेका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा बागमती, पेशागत, सम्पर्क समन्वय, गण्डकी प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरिएको हो।

यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशको रिपोर्ट पेश गरिएको थियो। बैठकमा पेश भएको बिभिन्न प्रतिवेदनमाथि आठ वटा समूह बनाएर छलफल भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकको तेश्रो दिन शनिबार पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टीको बार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने रिजालले बताए। एमालेलाई पहिलो शक्तिमा रुपन्तरण गर्ने गरि पार्टीले बार्षिक कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए।

बैठकमा केन्द्रीय सदस्यहरुले राखेका सुझावहरुलाई अंगिकार गरेर अघि बढ्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.