केन्द्रीय कमिटी बैठकमा महेश बस्नेतको प्रस्ताव- संघीयताको पुनरावलोकन गरौँ

डिसी नेपाल
२९ वैशाख २०८० १८:४३
524
Shares

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताको पुनरावलोकन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

विभिन्न ११ बुँदे सुझाव पेस गर्दै उनले दुई दलीय व्यवस्था वा पाँच प्रतिशत थ्रेस होल्डको व्यवस्था राख्नेगरी पहल गर्न प्रस्ताव राखे। बस्नेतले पार्टी नेताहरू र जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न र वर्षै पिच्छे अध्यवधिक गर्न उपयुक्त हुने सुझाव दिए।

बैठकमा बस्नेतले राखेका सुझावहरुः

१. विज्ञ सदस्य बनाऔँ । विविध क्षेत्र, पेशागत, व्यावसायिक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नवयुवा र महिलाहरूलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौँ । त्यसको तीन महिनापछि ती सदस्यलाई संगठित गरी पार्टी नेता र मुलुक हाँक्ने जनप्रतिनिधि बनाऔँ ।

२. युवाहरूलाई उनीहरूको आधारभूत आवश्यकता पूरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्ममशीलता विकास हुने गरी निर्वाचित जनप्रतिनिधिहरूलाई खटाउने र पार्टी कमिटी पनि सोही उद्देश्य पूरा गर्ने गरी दक्ष साथीहरू राखेर जाऔँ ।

३. पार्टीले विगतमा गरेको महत्त्वपूर्ण उपलब्धि व्यापक प्रचार गर्ने, नयाँ कार्यक्रमहरूलाई ब्राण्डिङ गरेर प्रचार गरौँ ।

४. विगतमा भएका कमीकमजोरीको समीक्षा गरौँ । गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाऔँ ।

५. पार्टी नेताहरू र जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गरौँ र वर्ष पिच्छे अध्यवधिक गरौँ ।

६. संघीयताको पुनरावलोकन गरौँ । शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऔँ । निर्वाचन कम खर्चिलो अपनाऔँ । राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा पाँच प्रतिशत थ्रेस होल्ड राखौँ ।

७. दुई कार्यकाल प्रधानमन्त्री तीन कार्यकाल मन्त्री र चार कार्यकाल सांसदभन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्था गरौँ ।

८. पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत जिल्ला र स्थानीय तहको कमिटीमा ३५ प्रतिशत चालीस वर्षमुनिका युवा प्रतिनिधित्व ग्यारेन्टी गरौँ ।

९. युवा संघको उमेरहद ३५ वर्ष, अनेरास्ववियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसंगठन परिचालन संयन्त्र निर्माण गरौँ ।

१०. सोसल मिडिया र मिडिया परिचालन, कानुनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रवासको काम कमजोर भएकाले यो क्षेत्र सही, स्मार्ट र सिर्जनशील नेतृत्वलाई जिम्मा दिऔँ ।

११. देशभक्त, जनवादी र प्रगतिशील शक्तिहरूको बीचमा एकता अभियान चलाउँदै साम्राज्यवादी, सामन्तवादी, यथास्थितिवादी र सस्तो लोकप्रियतावादीहरूका विरुद्ध र तिनले सिर्जना गरेका भ्रम चिर्न लागौँ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.