एमाले स्थायी कमिटी बैठक सर्यो

डिसी नेपाल
२९ वैशाख २०८० २०:५१
244
Shares

काठमाडौं। नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिए।

उनका अनुसार समय अभावको कारणले बैठक भोलि बिहान ८ बजेका लागि सारिएको हो। बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ।

केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.