मछिन्द्र र आर्मीको जित

डिसी नेपाल
३० वैशाख २०८० १८:५९
692
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ ।

यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसंगं पराजित भएपछि चर्च ब्वाइज शिर्ष स्थानमा पुग्न असफल रह्यो । खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.