उपाधि नजिक पुगेको पिएसजीको जीतमा एम्बाप्पेको दुई गोल

डिसी नेपाल
३१ वैशाख २०८० ६:३१
2.8k
Shares

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ।

एसी एजासियोलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो। जसमा एक गोल उपहारमा पाएको थियो।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो। र, त्यसको १० मिने पछि अर्थात ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे। र, खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३-० को अग्रतासहित फराकिलो अन्तर बनायो। र, उनै एम्बाप्पेले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४-० मा पुर्‍याई दिए।

एजासियोको बिडम्बना नै भनौं, ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५-० ले अघि बढ्यो। र, दुबैतर्फबाट कुनै गाेल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियाे।

रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो। खेलको ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सीमित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.