घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित

डिसी नेपाल
३१ वैशाख २०८० ६:५९
532
Shares

काठमाडौं। घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ। स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १-० को झिनो जित निकालेको हो।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। घरेलु टोली रियल माथि चर्को दबाबमा राखे पनि गेटाफेले कुनै गोल गर्न सकेन । रियललाई गोलरहित अवस्थामा राख्ने रणनीति अनुसारअ अघि बढेको गेटाफेले पहिलो हाफमा कुनै गोल गर्न दिएन।

तर, दोस्रो हाफमा मार्को एसेन्सियोले गोल गरे पछि रियलले १-० को अग्रता लिन सफल भयो। दुवैतर्फवाट कुनै गोल हुन नसके पछि लुकास भास्क्वेजको पासमा एसेन्सियोले गरेको गोल नै निर्णायक बन्न पुग्यो। र, खेल १-० मा टुंगियो।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले ३४ खेलबाट ७१ अंक जम्मा गरेको छ भने पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा सीमित छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.