नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह होः स्वर्णीम वाग्ले

डिसी नेपाल
३१ वैशाख २०८० २०:३२
224
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन्।

आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठीत अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन्।

राष्ट्रिय अन्तराष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाईमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरुको बिषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे।

उनले अन्य सेटिङ र भ्रष्टाचारहरुलाई पनि गहिरो गरि अनुसन्धान गर्नुपर्ने बताए । त्यस्तै वाग्लेले तनहु १ मा राजनीतिलाई संङ्गो पार्ने मुद्धा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे।

उनले भ्रष्टहरुले सिष्टमलाई नै प्रभावमा पारेको भन्दै अव नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.