चार खेल अगावै बार्सिलोना ला लिगा च्याम्पियन
काठमाडौं। बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ। स्पान्योललाई ४-२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो।
आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए भने २०औं मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २-० को अग्रता दिलाउन सफल भए।
उता, ४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३-० को सानदार अग्रता लिन सफल भयो।
दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४-० को थप अग्रता जुटाउन सफल भयो। तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन।
७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४-१ को स्थितिमा फर्काए। त्यसमाथि इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४-२ को ल्याइदिए। त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसके पछि खेल ४-२ मा टुंग्याउँदै बार्सिलोनाले जीत हासिल गर्यो।
यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा सिमित रहेको छ। बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ।







डिसी नेपाल








Facebook Comment