भ्रष्टाचार विरुद्ध सरकार गम्भीर भएर लागेकाे छ : प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
१ जेठ २०८० १५:०५
116
Shares

कामठाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका छन्।

सोमबार काठमाडौंमा राष्ट्र बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौंथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवद्र्धन हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका हुन्।

भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यवद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे।

प्रधानमन्त्री प्रचण्डले तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको भन्दै अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी रहेको बताएका हुन्।

सरकारले अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न चालेका कदमहरुको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको र विदेशी विदेशी मुद्राको सञ्चिति पनि बढेको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्ने लगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अंग, निजी क्षेत्र र सबै सरोकारवालाहरुले समन्वयात्मक पहल गर्नुपर्नेमा जोड दिए।

उहाले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको, सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको र किसानहरुले सहज रुपमा पाउने गरि मलको आपूर्ति सुनिश्चित हुन लागेको बताए।

उहाले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत-साधनको उपयोग गर्ने, उपलव्ध स्रोत-साधन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने देखिएको र यसका कारण पनि अर्थतन्त्रमा समस्या देखिएकाले यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक रहेको बताए।

राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् उद्योगी-व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको भन्दै उनले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.